
हेटौंडा, १५ जेठ — प्रेस चौतारी नेपाल मकवानपुर शाखाले गणतन्त्र दिवस २०८२ को अवसरमा दीप प्रज्वलन गरेको छ । प्रेस चौतरी नेपालको केन्द्रिय सकुर्लर बमोजिम मकवानपुर शाखाले बिहिबार हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन गर्दै गणतन्त्र दिवस मनाएको हो ।

कार्यक्रम प्रेस चौतारी मकवानपुरको नेतृत्वमा सम्पन्न भएको हो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस चौतारी बागमती प्रदेशका महासचिव प्रकाश दाहाल, जिल्ला इन्चार्ज विवश अधिकारी, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष राजन घिमिरे, सन्चारिका समूह मकवानपुर अध्यक्ष निशा गुरुङको उपस्थिती चौतारी मकवानपुर अध्यक्ष सरिता दाहालले जानकारी दिनुभयो ।

यसैगरी गैसस महासंघ प्रदेश अध्यक्ष कमल बिक, मकवानपुर अध्यक्ष रमिला सापकोटा, मानव अधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको जिल्ला सन्जाल उपसंयोजक तथा माइत नेपाल मकवानपुर प्रमुख माया लामालगायत जिल्लाका पत्रकार, नागरिक समाजको अगुवाहरूको सयुक्त उपस्थितिमा कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागीहरूले २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त गणतान्त्रिक उपलब्धिलाई जोगाउन सञ्चारकर्मी र नागरिक समाजकोहरूको भूमिका महत्वपूर्ण प्रतिक्रिया दिएका थिए । सञ्चारकर्मीहरूको सामूहिक उपस्थितिमा सम्पन्न कार्यक्रमले पत्रकारिता क्षेत्र गणतन्त्रको मूल मर्मप्रति सजग, प्रतिबद्ध र उत्तरदायी रहेको सन्देश दिएको छ ।












