हेटौँडा,१८ वैशाख । प्रेस चौतारी नेपाल मकवानपुरले संगठनको केन्द्र तथा प्रदेश कमिटीमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने चौतारीकर्मीहरुलाई बधाई तथा वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । बिहिवार नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर ईन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बधाई पत्रसहित शुभकामना प्रदान गर्नुका साथै वार्षिक कार्ययोजना सार्वजनिक गरेका हुन् ।

No description available.

प्रेस चौतारी नेपाल मकवानपुरले संगठनको केन्द्रिय सदस्यमा सर्वसम्मत चयन भएका शिभकुमार रिजाल, पुष्पराज अधिकारी र आयोग सदस्यहरु उज्वल अधिकारी र आरती ढकाललाई बधाई पत्रसहित सम्मान गरिएको थियो । साथै प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटिको महासचिवमा प्रकाश दाहाल, कोषाध्यक्षमा रामशरण दुलाल र सदस्यहरु विवश अधिकारी, रुपक कालीराज, रविन ढुंगाना र सुनिता विष्टलाई बधाई पत्रसहित शुभकामना दिईएको थियो । कार्यक्रममा सञ्चारिका समुह बागमती प्रदेशमा सर्वसम्मत चयन भएकी प्रेस चौतारीकर्मी नानीमाया सापकोटा र सञ्चारिका समुह मकवानपुरमा अध्यक्षमा सर्वसम्मत चयन भएकी प्रेस चौतारी जिल्ला कार्यसमिति सदस्य निशा गुरुङ्लाई पनि बधाई पत्र सहित शुभकामना प्रदान गरिएको थियो ।

No description available.

कार्यक्रममा प्रेस चौतारी नेपाल मकवानपुरकी अध्यक्ष सरिता दाहालले प्रस्तुत गरेको मकवानपुरको बार्षिक कार्ययोजनामाथि छलफल समेत भएको थियो । अध्यक्ष दाहालले आगामी बार्षिक कार्ययोजनामा प्रेस चौतारी मकवानपुरको कार्यालय निर्माणको लागि जग्गा खोजी तथा भवन निर्माण कार्यलाई प्राथमिकतामा राखिएको छ । यसैगरी पत्रकारहरुको सम्मान र पुरस्कारको लागि अक्षय कोष स्थापना गर्ने र उक्त कोषको ब्याजबाट सम्मान र पुरस्कार प्रदान गर्ने जनाएको छ । यसैगरी, चौतारी उपचार कोष स्थापना गर्ने , उपचार कोषबाट जिल्लाका चौतारीकर्मी दुर्घटनामा पर्दा र गम्भिर बिरामी भएर उपचार गर्नुपर्दा चौतारीकर्मीलाई कोषको ब्याजबाट सहयोग गर्ने कार्ययोजना अघि सारिएको छ ।

No description available.

संगठनको नेतृत्वले जिल्ला पार्टीको सहयोगमा अनलाइन पत्रिका सञ्चालन गर्नुका साथै उक्त अनलाइन आगामी चौतारीको नेतृत्वमा आउने कार्यसमितिलाई हस्तान्तरण गर्ने र कम्पनीमार्फत विभिन्न योजनाका कार्यक्रममहरुमा सहज बनाउने अध्यक्ष दाहालले प्रस्तुत गरिएको कार्ययोजनामा समेटिएको छ । यस्ता कार्यक्रमहरु गर्दा पत्रकार महासंघ सदस्यता वृद्धि गरेर महासंघमा चौतारीको बलियो उपस्थिति बनाउन र पार्टीको मिसन ८४ लाई महत्वपुर्ण योगदान सक्षम बनाउने अपेक्षा गरिएको छ । साथै ६÷६ महिनामा चौतारीकर्मीको लेखन समीक्षा गर्ने, चौतारी सदस्यहरुले पार्टीको प्रचारमा गरेको योगदालाई समिक्षा गरेर प्रोत्साहन र सम्मानको सुरुवात गर्नुका साथै प्रेस चौतारीको कार्यालयलाई व्यवस्थित बनाउनको लागि कार्पेट, टेबुल–कुर्सी जस्ता फर्निचरदेखि , कम्युटर , प्रिन्टर , पंखा , दराजलगायतको व्यवस्थापन गर्न समन्वय र सहजीकरणको लागि अपिल गर्ने प्रेस चौतारीको वार्षिक कार्ययोजनमा समेटिएको छ । प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका सचिव सिता विष्ट, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्क्ष हरी हुमागाई, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी लगायतको उपस्थिती रहेको थियो ।