मकवानपुर – हेटौंडा–८, का २०७ जना जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार सेवा प्रदान गरिएको छ । ८ नम्बर वडा कार्यालयले शनिबार शिबिरको आयोजनामा गरेर निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार सेवा प्रदान गरेको हो ।
८ नम्बर शहरी स्वास्थ्य केन्द्रमा आयोजित शिबिरमा २९ जनाको ईसीजी र १५५ जनालाई ल्याब सम्बन्धी सेवा प्रदान गरिएको जनाईएको छ । शिबिरमा हाड जार्नी तथा नशा मुटु तथा मृगौला, छाला तथा यौन रोग बिशेषज्ञ र जनरल सर्जनद्धारा सेवा प्रदान गरिएको थियो । वडाका जेष्ठ नागरिक ईन्द्र प्रसाद मैनालीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष गोपालबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता थियो ।