काठमाडौं । सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ । बुधबार अपरान्हदेखि सुरु भएको बैठकमा ९ वटा बुँदामा सहमति भएको हो ।
बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शिक्षकसँग भएको नौ बुँदे सहमति अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री रघुजी पन्तले जानकारी दिनुभयो । सहमतिसँगै शिक्षकहरुले आफ्नो आन्दोलन फिर्ता लिई भर्ना अभियानमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।