मकवानपुर । मदन भण्डारी फाउन्डेसन मकवानपुरको आगामी बैशाख २० गते हुने साधारणसभा एवम् अधिवेशनको तयारी तिब्र पारेको छ । चौथो जिल्ला अधिवेशन एवम् श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको फाउन्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले जानकारी दिनुभयो ।

फाउन्डेसनको अधिवेसन एवम् सम्मान हस्तान्तरण कार्यक्रमका सन्दर्भमा फाउन्डेसनको आज बैठक बसेर विभिन्न निर्णय समेत गरेको अध्यक्ष खुलालले बताउनुभयो । बैठकले अधिवेसनका लागि फाउन्डेसनका संस्थापक अध्यक्ष एवम् पूर्व राष्ट्रपति विद्यादेवि भण्डारी हेटौंडा आउनु हुने भएकाले तयारी स्वरुप विभिन्न जिम्मेवारी प्रदान गरेको छ । यस्तै बैठकले अधिवेसनमा अध्यक्ष रघुनाथ खुलालद्धारा प्रस्तुत हुने अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष चन्द्रावती पनेरुद्धारा प्रस्तुत हुने आर्थिक प्रतिवेदन पास गरेको छ ।
कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्न बैठकले फाउन्डेसनका पदाधिकारी एवम् सदस्यहरुलाई जिम्मेवारी प्रदान गरिएको उहाँले बताउनुभयो । बैठकमा फाउन्डेसनका पूर्व केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले कार्यक्रम व्यवस्थित रुपमा सञ्चालन गर्न निर्देशन दिनुभएको थियो ।