१५ बैशाख २०८२,हेटौँडा । सामाजिक क्षेत्रमा कृयाशिल लाईन्स क्लबले फरक क्षमता भएका मकवानपुरका तीन जना व्यक्तिलाई ह्विलचियर वितरण गरेको छ । सोमबार एक कार्यक्रमकाबीच लाईन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालअन्तर्गतको लाईन्स क्लब अफ काठमाडौँ टेम्पल गणेशले ह्विलचियर वितरण गरेको हो ।


हेटौंडा उपमहानगरपालिका–४ को वडा सभाहलमा आयोजित कार्यक्रममा क्लब अध्यक्ष लाईन सुमन खरेल शर्माको अध्यक्षता तथा ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलको प्रमुख आतिथ्यमा ह्विलचियर वितरण गरिएको हो । क्लबले हेटौंडा उपमहानगरपालिका–१३ की पातली माया मुक्तान, भिमफेदी गाउँपालिका–६ का कान्तराज थिके र भिमफेदी गाउँपालिका–३ का योगान्त वाइवालाई ह्विलचियर प्रदान गरिएको छ ।
कार्यक्रममा डिस्ट्रिक्ट क्लस्टर चीफ लाईन्स अनिता थापा बिष्ट, डीजी कार्यक्रम अध्यक्ष लाईन कमला गुरुङ प्रधान, कोषाध्यक्ष लाईन भानु थापा, जेसिआई हेटौंडा लेडीकी पुर्व अध्यक्ष दिलु घर्ति मगरलगायतको उपस्थिति रहेको थियो । ह्विलचियर वितरण कार्यक्रम जेसिआई हेटौंडा लेडीकी अध्यक्ष दिलु घर्ति मगरको पहलमा सम्पन्न भएको हो ।
प्रमुख अतिथि वडा अध्यक्ष सिग्देलले लाईन्स क्लबले जिम्मेवारीपूर्वक नेतृत्व गर्दै समाजसेवामा सक्रिय भूमिका खेलेको उल्लेख गर्दै, लाभग्राहीहरूले प्रदान गरिएको सामग्रीको उचित सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । क्लबका अनुसार फरक क्षमता भएका व्यक्तिहरूको सहज आवागमनमा सहयोग पु¥याउने उद्देश्यले तीन थान ह्विलचियर प्रदान गरिएको हो ।