हेटाैँडा । हेटाैँडा-४ का वडा अध्यक्ष नवीन सिग्देलले विध्यालय बाट नै विध्यार्थीहरूलाई व्यवसायिक सीप प्रदान गर्नुपर्ने बताउनु भएकाेछ । भुटनदेवी माविद्वारा  विध्यार्थीहरूलाई व्यवसायिक सीप प्रदान गर्ने उदेश्यले आयाेजना गरिएकाे तालिमकाे उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

विध्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहनुभएका सिग्देलले विध्यालयले सैद्वान्तिक पढाईकाे अलावा विभिन्न अतिरिक्त क्रियाकलाप आयाेजना गर्दै आईरहेकाे र फरक पहिचानसहित शिक्षाकाे गुणस्तर सुधारमा लागि परेकाे बताउनुभयाे । विध्यालयकाे आन्तरिक श्राेतबाट भुटनदेवी माविमा अध्ययन गर्ने विध्यार्थीहरूकाे चाैतर्फी विकासकाे लागी व्यसायिक सीप सम्बन्धि तालिम आयाेजना गरिएकाे उहाँले बताउनुभयाे ।

विध्यालयका प्रअ माधव दाहालकाे सभाध्यक्षमा भएकाे कार्यक्रममा हेयर कटिङ्ग २०जना, बेसिक व्युटीपार्लर २० जना र बेसिक ईलाेक्टिसियन २० जना विध्यार्थी सहभागी रहेकाे सहायक प्रअ भरत पाेखरेलले जानकारी दिनुभयाे । विध्यालयले सैद्वान्तिक शिक्षासंगै, अतिरिक्त क्रियाकलाप र सीपमूलक कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने बार्षिक याेजना रहेकाे प्रअ दाहालले बताउनुभयो ।
कार्यक्रममा हेयर कटिङ्गका प्रशिक्षक किरण अधिकारी र ईलाेक्टाेनिक प्रशिक्षक ज्ञानेन्द्र देवकाेटाले तालिमकाे महत्ववारे प्रकाश पार्नु भएकाे थियाे भने विध्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्रकुमार बस्ताकाेटी, सह प्रअहरू बेदराज काेईराला, शिक्षक प्रतिनिधि सूर्यप्रसाद घिमीरे, मावि तह संयाेजक संगीता उप्रेती, आधारभूत तह संयोजक श्याम बजगाईँ, प्रवि संयाेजक मुकुन्द न्याैपानेलगायतकाे उपस्थिति रहेकाे थियाे ।