मकवानपुर । पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी हेटौंडा आउनु हुने भएको छ । आगामी बैशाख २० गते (शनिबार) मदन भण्डारी फाउन्डेसन मकवानपुरको चौथो साधारणसभामा प्रमुख अतिथिका रुपमा सहभागि हुन उहाँ हेटौंडा आउन लाग्नु भएको हो ।
मदन भण्डारी फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालले आगामी बैशाख २० गते फाउन्डेसन मकवानपुरको चौथो साधारण सभा तथा फाउन्डेसन मकवानपुरका संस्थापक अध्यक्ष श्रीचन्द्र शर्माको स्मृतिमा स्थापित “श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार” हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा पूर्व राष्ट्रपति आउनुहुने बताउनुभयो । फाउन्डेसन मकवानपुरले अक्षयकोष मार्फत संस्थापक अध्यक्ष शर्माको स्मृतिमा हरेक वर्ष जिल्लामा राजनैतिक एवम् सामाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई नगद राशीसहित सम्मान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार पुराना कम्युनिष्ट नेता बम बहादुर लामा, समाजसेवी ईश्वरी प्रसाद न्यौपाने, शैक्षिक व्यक्तित्व युवराज गिरी र ट्रेड युनियन आन्दोलनका नेता तथा राजनीतिक व्यक्तित्व ज्ञानबहादुर भुजेललाई प्रदान गरेकाे खुलालले बताउनुभयो ।
मदन भण्डारी फाउण्डेशनको संस्थापक अध्यक्ष समेत रहनुभएकी पुर्व राष्ट्रिपति भण्डारी हेटौंडामा रहदाँ विभिन्न धार्मिक तथा पर्यटकिय क्षेत्रको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको उहँँले बताउनुभयो । अध्यक्ष खुलालले फाउन्डेसनको साधारण सभा तथा पुरस्कार हस्तान्तरण कार्यक्रमम सहभागि हुन सबैमा अनुरोध समेत गर्नुभएको छ ।