हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिले गाउँपालिका भित्र रहेका २४ वटा सामुदायिक विद्यालयहरुलाई कम्प्युटर सहयोग गरेको छ । गाउँपालिकामा रहेका ३२ वटा सामुदायिक विद्यालय मध्ये २४ वटा सामुदायिक विद्यालयलाई कम्प्युटर सहयोग गरिएको हो ।
गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को विनियोजित ११ लाख रुपैयाँ बजेटबाट बुधबार एक कार्यक्रमको आयोजना गरी २४ वटा विद्यालयलाई २४ थान कम्प्युटर सहयोग गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रशासनिक तथा अनलाइन शिक्षालाई प्रभावकारी बनाउन कम्प्युटर सहयोग गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रमूख बिष्णु प्रसाईले विद्यालयलाई कम्प्युटर वितरण गर्नुभएको थियो ।