हेटौंडा – मकवानपुरमा जारी निषेधाज्ञा १० दिन थपिएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि साउन १४ गतेसम्मको लागि रहेको थियो । आज जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिम कायम रहेको भन्दै जारी निषेधाज्ञालाई साउन २४ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।
प्रशासनले निषेधज्ञामा बिहान ४ बजेबाट ११ बजेसम्म खाद्यन्न व्यवसाय तथा ११ बजेबाट साँझ ६ बजेसम्म अन्य व्यवसायहरु सञ्चालन गर्न अनुमति दिएको छ । संघिय सरकारले बन्द गरेका शैक्षिक संस्थाहरु सहितका व्यवसाय भने बन्दनै रहने छ । जिल्लामा निजि तथा सार्वजनिक यातायात संचालन भईरहेको छ ।जिल्लामा गत बैशाख २१ गतेबाट निषेधाज्ञा जारी रहेको छ । जिल्लामा हाल साँडे ५ सयको संख्यामा सक्रिय संक्रमित उपचाररत रहेका छन् ।