हेटौंडा – मकवानपुरमा थप ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ५९ जनामा पिसिआर र ७४ जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ५१ जना र १६ जना गरी थप ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप ७५ जनाले कोरोन जितेका छन् । यो संगै जिल्लामा कोरोना पुष्टि हुनेको संखया १२ हजार ७ सय ३० जना पुगेको छ भने कोरोना जित्नेको संख्या ११ हजार ९ सय ९२ जना पुगेका छन् । जिल्लामा हाल ५ सय ५१ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।