गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिनु भएको छ । उहाँले प्रदेश प्रमुख सिता पौडेलसमक्ष आइतबार अपराह्न ३ बजे राजीनामा बुझाउनु भएको हो ।
कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । त्यस उपर भोलि गण्डकी प्रदेश सभामा मतदान हुने कार्यक्रम थियो । यस अगावै गुरुङले राजीनामा दिनुभएको हो । कोरोना भाइरसबाट संक्रमित गुरुङ आफु विरुद्धको अविश्वासको प्रस्तावमाथि हुने छलफलमा समेत सहभागी हुन नपाउने भएपछि राजीनामा दिएको बताइएको छ । मुख्यमन्त्रीले राजीनामा दिए सँगै प्रदेश प्रमुख सिता पौडेलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिन भित्रमा नयाँ सरकार गठनको लागि आव्हान समेत गर्नु भएको छ ।