मकवानपुर – जिल्ला समन्व समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिससको मौजदात कोषबाट सञ्चालित हेटौंडा नगर भित्रका विभिन्न आयोजनाहरुको अनुगमन गर्नुभएको छ । प्रमुख खुलालले बुधबार जिससको मौजदात कोषबाट नगरका वडा नम्बर ८, ९ र १३ मा निर्माण भएका विभिन्न आयोजनाको स्थलगत अनुगमन गर्नुभएको हो ।

प्रमुख खुलालले हेटौंडा–९, स्थित प्रगति माविमा मौजदात कोषबाट निर्माण भएको शौचालय भवन, हेटौंडा–१३ स्थित वडा कार्यालय भवन र हेटौंडा–८ स्थित सामुदायिक भवनको स्थलगत अनुगमन गर्नुभएको हो । जिससले मौजदात कोषबाट प्रगति माविमा बालमैत्री शैचालय भवन निर्माणका लागि ३० लाख रकम उपलब्ध गराएको छ, जुन निर्माणधिन रहेको छ । यस्तै हेटौंडा–१३ मा तत्कालिन जिविसद्धारा निर्माण भएर अधुरो रहेको भवन सम्पन्न गर्न १५ लाख र हेटौंडा–८ मा पनि तत्कालिन जिविसबाट निर्माण भएर अधुरो रहेको भवन करीब ६९ लाख लागतमा निर्माण सम्पन्न भएको छ । प्रमुख खुलालले उक्त योजनाहरुको अनुगमन गर्नुहुँदै निर्माण भएका सञ्रचनाको उचित र व्यवस्थित प्रयोगमा ध्यान दिन सझाव दिनुभयो ।

त्यस्तै प्रमुख खुलालले आजै हेटौंडा–९ र १३ मा पर्ने कुखरेनी खोलामा निर्माणधिन पुल र हेटौंडा–९ मा निर्माणाधिन बाल उद्यानको समेत अनुगमन गर्नुभएको छ । अनुगमन टोलीमा ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, १३ नम्बर वडा अध्यक्ष मनोज वाईवा, ८ नम्बर वडा अध्यक्ष गोपाल बहादुर श्रेष्ठ, जिससका नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, प्रमुख खुलालका स्वकीय सचिव आशाकाजी श्रेष्ठलगायतको सहभागिता थियो ।

यस्तै प्रमुख खुलालले आजै हेटौंडा औद्योगिक क्षेत्र स्थित कोरोना भाइरस बिरुद्धको खोप अभियानको स्थलगत अनुगमन गर्नुभएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि औद्योगिक क्षेत्र स्थित विभिन्न उद्योगमा कार्यरत मजदुरकालागि सञ्चालित खोप अभियानको उहाँले अनुगमन गर्नुभएको हो । कोरोना विरूद्धको खोप अभियान अन्तरगत हेटौंडा औदोगिक क्षेत्रका मजदुरका लागि ४ हजार खोप आजबाट लगाउन सुरु गरिएको छ । अनुगमनका क्रममा प्रमुख खुलालले खाेप लगाउने कार्य व्यवस्थित रूपमा सञ्चालन भएकाे बताउनुभयाे । आज पहिलो दिन दिउसाे ३ बजे सम्म औद्यागिक क्षेत्रमा करीब १२ सय मजदुरले खोप लगाएकाे उध्याेग संघ मकवानपुरका अध्यक्ष लेखराज पाेखरेलले बताउनुभयाे ।