सुनको मुल्यले आज फेरि कीर्तिमान बनाएको छ । सुनको मुल्य आज एकैदिन तोलामा तीन हजार नौ सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको हाे ।
आज सुन ताेलाकाे एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलाको एक लाख ८१ हजार एक सय रुपैयाँ रहेकाे थियो । सुनको मुल्य अस्तिदेखि फेरि लगातार बढ्न थालेको छ । यस्तै आज चाँदीको मुल्य पनि सामान्य बढेको छ । चाँदीको मुल्य पाँच रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको एक हजार नौ सय रुपैयाँ रहेको थियो ।