काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियनाका संयोजक दुर्गा प्रसाईँलाई काठमाडौँ ल्याइएको छ । प्रहरीले उहाँलाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर बुद्ध एअरको जहाजमार्फत शुक्रवार काठमाडौँ ल्याएको हो ।
दुर्गा प्रसाईँविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी गरिएको छ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमान्डर प्रसाईँले प्रदर्शनका क्रममा आफैँले चलाएको गाडीले प्रहरी अगाडि नै चलाउँदै अघि बढेका थिए ।
प्रसाईँलाई आज नै म्याद थप गर्ने तयारी भइरहेको छ । अहिले प्रहरीले म्याद थपका लागि आवश्यक कागजात तयार गरिरहेको छ । भारतबाट नियन्त्रणमा लिएर प्रहरीले प्रसाईँलाई झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याइएको हो ।