मकवानपुर – बागमती प्रदेश अन्तरगतको अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापतिमा एमालेका सांसद विजयी हुनु भएको छ । प्रदेश सभाअन्तर्गत सोमबार भएको दुईवटा समितिको निर्वाचनबाट सभापतिमा एमालेका नारायणबहादुर सिलवाल र केशवप्रसाद पोखरेल विजयी हुनु भएको हो ।

निर्वाचन प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मात्र सहभागी भएपछि दुवै समितिको सभापतिमा एमालका सांसदहरु विजयी हुनु भएको प्रदेशसभा सचिवालयले जनाएको छ । एमालेको बहुमत रहेका कारण सत्तारुढ गठबन्धनले उम्मेदवार नै दर्ता गराएन भने निर्वाचन प्रक्रियामा पनि सहभागी भएन । अर्थ र शिक्षा समितिको वैठकमा नेकपा एमालेको १२ जना सांसदको मात्र उपस्थिति भएपछि उम्मेदवारहरुलाई विजयी घोषणा गरिएको थियो । उनीहरुले आजै सपथ ग्रहण समेत गर्नुभएको छ ।
गत वैशाखदेखि रिक्त रहेको अर्थसमितिमा २० जना सदस्यमध्ये एकजना सभापति चयन भएको हो । भने, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन भएको हो । अर्थ समितिका तत्कालिन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री वनेसागै उक्त पद रिक्त रहेको थियो । भने, शिक्षासमितिका सभापति घनश्याम दाहाल हालको सरकारमा मन्त्री नियुक्त हुनु भएसँगै उक्त पद पनि रिक्त भएको हो ।