मकवानपुर । जिल्ला प्रशासन कायार्हलय मकवानपुरले सभ्य र सुरक्षीत , मर्यादित र शान्तिपूर्ण रुपमा होली पर्व मनाउन अनुरोध गरेको छ । कार्यालयले सूचना जारी गर्दै फागुन २९ गते विहीवारको दिन परेको रंगहरुको पर्व होली सभ्य, मर्यादित र शान्तिपूर्ण रुपमा मनाउन अनुरोध गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेँलद्धारा जारी सूचनामा होली पर्वको अवसरमा शान्ति सुव्यवस्थामा प्रतिकूल असर पर्ने गरी सार्वजनिक स्थलहरुमा होहल्ला गर्ने, झैझगडा गर्ने, कसैको इच्छा विपरित जवरजस्ती रंग लगाउने, पानीको बेलुन लोला हाने, पानी छपाप्ने, पानीको फोहोरा हाले कसैलाई इच्छा विपरित मादक पदार्थ वा नसालु पदार्थ सेवन गराउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने व्यक्तिको पारिवारिक तथा सामाजिक जनजीवन र सामाजिक मर्यादामा खलल पार्ने जस्ता अमर्यादित गतिविधी नगर्न नगराउन अनुरोध गरिएको छ । सूचनालाई समेत वेवास्ता गरी कोही कसैले यस्ता अमर्यादित उत्सृङखल र गैरकानूनी कियाकलाप गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने जनाईएको छ ।