मनहरी । मनहरी-८ मा चलिरहेको मनहरी खेलकुद तथा व्यापार महोत्सवमा प्रवेश टिकट दर वृद्धि गरेको भन्दै नेकपा एमाले मनहरी गाउँ कमिटीले बिरोध जनाएको छ । महोत्सव प्रवेशका लागि ७० रुपैयाँ टिकट दर तोकिएकोमा बिहिबार फागुपूर्णिमाको दिन देखी बढाउने बताएपछि बिरोध जनाएको हो ।

पार्टीको गाउँ कमिटी अध्यक्ष नबिन सुबेदीले बिग्यप्ती जारी गर्दै दर्शकबाट अप्राकृतिक रुपमा रकम संकलन गर्ने उद्देश्यले टिकट दर बढाएको आरोप लगाएको छ । महोत्सव आयोजकले फागुपूर्णिमाको दिन २५० रुपैयाँ टिकट दर तोकेको बिग्यप्तीमा उल्लेख छ । ‘७० रुपैयाँ त महंगो रहेको हाम्रो बुझाइ रहेकोमा एकाएक २५० तोक्नु नितान्त व्यापार र लुटबाहेक केहि होइन भन्ने हाम्रो बुझाई छ’ – बिग्यप्तीमा उल्लेख छ। उक्त निर्णय तत्काल सच्याउन र पुरानै टिकट दर लागु गर्न पार्टीले ध्यानाकर्षण समेत गराएको छ । यस बिषयमा महोत्सव को संरक्षक रहेको मनहरी गाउँपालिकाले भने कुनै धारणा सार्वजनिक गरेको छैन ।

No description available.