हेटौंडा । हेटौंडा–९, स्थित प्रगति माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तर गरिएको छ । स्थानीय प्रगति बाल समुहले बुधबार विधालयलाई हट ब्याग, थर्म मिटर लगाएत अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
बाल समुहले सामाजिक उत्तरदायित्व अन्तर्गत समुहका सदस्य ,शिक्षक शिक्षिका, विधालय व्यवस्थापन समिति तथा विधार्थीहरूसंग सहयोग रकम उठाई विधालयमा अति आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । समुहकी अध्यक्ष सदिच्छा नेपाल, सचिव आश्रिका कार्कीलगायतको नेतृत्वमा संकलित रकमबाट स्वास्थय सामग्री खरिद गरि विद्यालयका प्राचार्य किशोर पराजुली मार्फत विधालय नर्स सबनम श्रेष्ठलाई हस्तान्तरण गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य नवराज कोईरालाले जानकारी दिनुभयो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रगति बाल समुहका विधालय संयोजक नम्रता मैनालीलगाएत बाल समुहका अन्य सदस्य तथा शिक्षकहरूको उपस्थिति रहेको थियो ।