सांकेतिक तस्वीर

हेटौंडा – मकवानपुरको हेटौंडामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका ६ पुतलीसडकमा गुडिरहेको ट्याक्टरबाट हेटौंडा उपमहानगरपालिका ८ का २३ वर्षीय राजेश मोक्तानको मृत्यु भएको हो ।
गएराती साढे ९ बजे नागसोतीबाट कमानेतर्फ जाँदै गरेको ना ४ त ६९१० नम्बरको ट्रयाक्टरबाट मोक्तान खसेका थिए । उनी ट्रयाक्टरबाट घस्दा गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा गएराती सवा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर सहित चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेका छन् ।