सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । सत्तारुढ दल नेकपा एमालेले बुधबार बस्ने संसदको बैठकमा अध्यादेश पेश हुने भएपछि आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेको हो ।
यस्तै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बुधबारकाे बैठकमा सरकारले ल्याएका अध्यादेशहरु स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गर्नु भएको हाे । सरकारले ल्याएका अध्यादेश भोलि नै संसद्मा पेश हुने भएको छ । आज बसेको संसद्को कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा अध्यादेश भोलि २१ फागुन बस्ने प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय भएको हो ।