मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले मंगलबार मकवानपुर गढी गाउँपालिकालाई ६५ प्याकेट राहत सामग्री प्रदान गरेको छ । जिसस प्रमुख रघुनाथ खुलालले गाउँपालिका अध्यक्ष बिदुर हुमागाँईलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो ।
कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने तथा लकडाउनका कारण प्रभावित भएकाहरुहरुलाई वितरण गर्ने गरि गाउँपालिकालाई ६५ प्याकेट राहत सामग्री हस्तान्तरण गरिएको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो । लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने र मजदुरी गरेर खानेलाइ समस्या हुने भन्दै उद्योग परिसंघ बागमती प्रदेश र उद्योग संघ मकवानपुरले उपलब्ध गराएको राहत सामग्रीबाट गाउँपालिकालाइ राहत उपलब्ध गराइएको उहाँले बताउनुभयो । उद्योग परीसंघ प्रदेश समितिद्धारा बागमती प्रदेश सरकार मार्फत र उद्योग संघ मकवानपुरले जिल्लावासीकालागि भन्दै जिससलाइ राहत सामग्री उपलब्ध गराएको थियो ।