मकवानपुर — प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारले पार्टी बनाउने बहानामा कार्यकर्तालाई रकम वितरण गरेको आरोप लगाएकी छन् । पूर्वमुख्यमन्त्री समेत रहेकी शाक्यले प्रदेश सरकारले पार्टीमा कार्यकर्ता बढाउनका लागि मुख्यमन्त्री राजेन्द्र पाण्डेले ५ लाख रुपैयाँको योजना वितरण गरेको आरोप लगाइन् । उनले सदनबाट बहुमतले पास गरेको बजेट रकमान्तर गरी संविधान र कानुनभन्दा बाहिर गएर सरकारले काम गरेको आरोप लगाइन् ।
सोमबार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै शाक्यले सरकार संविधानअनुसार नभएर स्वेच्छाचारी ढंगबाट अगाडि बढिरहेको बताइन् । ‘हामीले संविधानअनुसार काम गर्नुपर्ने हुन्छ । प्रदेशको अर्थप्रणालीको व्यवस्था संविधानमै उल्लेख छ । कानुनले १० प्रतिशतभन्दा बढी रकमान्तर गर्न पाइँदैन भनेको छ । सरकारले संविधानबाहिर रहेर काम गर्न मिल्छ रु किन यति धेरै बजेट रकमान्तर गरेको रु सरकारमा संविधानविरोधी र स्वेच्छारी प्रवृत्ति देखियो,’ उनले भनिन् ।
‘सरकार चलाउन र रकम चलाउन पायो भन्दैमा जे पनि गर्न मिल्छ । ५ लाखले के योजना पूरा हुन्छ रु यो कार्यकर्तालाई खुसी बनाउन दिने रकम मात्र हो । प्रदेशको ५ लाखको दरले योजना वितरण गर्ने नाममा कार्यकर्तालाई पैसा बाँड्न मिल्छ रु नयाँ पार्टी जनताले बनाउने विषय हो । पैसाले होइन । मुख्यमन्त्रीज्यू धेरै चिन्ता नगर्नुस् रु कार्यकर्तालाई खुसी बनाउन पैसा बाँड्ने काम नगर्नुहोला । अनुशासनहीन काम नगर्नुहोला । मितव्ययी, पारदर्शी, संस्कारयुक्त सोच र आर्थिक प्रणालीको विकास हामीले नै गर्ने हो,’ उनले भनिन् ।
उनले सरकार जवाफदेही र पारदर्शी नभएको आरोपसमेत लगाइन् । सुरुङमार्ग र विद्युतीय बस सञ्चालनको विषयमा प्रतिपक्षीसँग सहमति नगरी बजेट नकटाउन उनले आग्रह गरिन् । ‘मूल्यांकनको परिपाटी हुनुपर्छस नत्र अन्याय हुन्छ । यसले बेथिति ल्याउँछ । कामको आधारमा मूल्यांकन गरेर सुरुवा गर्ने सुरुवात गरौं,’ शाक्यले अघिल्लो सरकारले गरेको राजनीति नियुक्त खारेज नगर्न र कर्मचारीलाई दबाब दिएर राजीनामा दिन नलगाउन समेत सुझाइन् । इकान्तिपुरबाट ।
Home प्रदेश बागमती प्रदेश पार्टी कार्यकर्ता बढाउन सरकारले योजनाका नाममा पैसा बाँड्यो : अष्टलक्ष्मी शाक्य