हेटौंडा । हेटौँडामा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा भोली (शनिबार) एलिना चौहानकाे प्रस्तुति रहने भएकाे छ । हेटौंडा–१०, टिसिएन चौरमा जारी महोत्सवमा भोली (फागुन १० गते) पछिल्लो समय अत्यन्तै लोकप्रिय गायिका एलिना चौहानको प्रस्तुति रहने आयोजकले जनाएको छ । गायिका चौहानको धोकेबाज हौ तिमि भन्ने गित सर्वत्र दर्शकले मन पराएको गित हो ।

फागुन १८ गतेसम्म चल्नेछ महोत्सवमा शनिबार एलिना चौहानसहित गायक कमल खत्री, बिशाल काल्टन, राजेन्द्र गिरी (गुन्द्रुकें) र मनोज गोरखालीको प्रस्तुति रहने जनाईएको छ । महोत्सवमा शुक्रबार लोक दोहोरी गायक तथा कलाकार श्याम रानाको मुख्य प्रस्तुति रहेकाे थियाे । निर्माण व्यवसायी संघ मकवानपुर र औधोगिक शान्ति नेपाल संस्थाले आयोजना गरेको उक्त महोत्सवमा नविनतम निर्माण उपकरण तथा सामाग्रीहरुको वृहत प्रदर्शनी एव्म विक्री, बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनको प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय औद्योगिक उत्पादन तथा सेवाहरुको बृहत प्रदर्शनी एवं विक्रीलगायत करीब ३०० वटा व्यवसायीक स्टलहरु राखिएको छ । महोत्सवको प्रचारप्रसार समितिका संयोजक समेत रहेका संघका उपमहासचिव सुरज बर्तौलाका अनुसार महोत्सवमा हेटौंडा आईडल प्रतियोगिता तथा स्थानीय कलाकारहरुको दैनिक प्रस्तुतीसमेत रहेको छ ।