हेटौंडा । मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सिडियो) को रुपमा स्किम श्रेष्ठ आउनुहुने भएको छ । गृह मन्त्रालयले शुक्रबार श्रेष्ठलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिने गरी सरुवा गरेको हो ।

नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरिरहनु भएकी श्रेष्ठ मकवानपुरमा सरुवा भएर आउन लाग्नु भएको हो । मकवानपुरका प्रजिअ तीर्थराज चिलुवाल सरुवा भएसँगै मकवानपुरमा सहायक प्रमुख जिल्ला अधिकारीले कार्यभार समाल्दै आउनु भएको थियो । मकवानपुर निवासी श्रेष्ठले यसअघि बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सचिवको रुपमा जिम्मेवारी सम्हालिसक्नुभएको छ ।