हेटाैंडा । हेटौंडाको टिसिएन चौरमा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा भाेलि आइतबार लाेक गायक पशुपति शर्मा आउनुहुने भएको छ ।फागुन ६ गतेदेखि जारी महोत्सवमा पशुपति शर्मासहित शान्ति रानी परियार, गायिका मन्जु पाैडेल, सुमन बिटी र टीका प्रसाईलगायत कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

निर्माण व्यवसायी संघ मकवानपुरको मुख्य आयोजनामा भइरहेकाे महाेत्सवमा निर्माण सेवा, निर्माण सामाग्री, जुत्ता, कपडा, खाना, घरेलु उद्यमलगायतका करिब ३ सय वटा स्टल रहेका छन् । फागुन १८ गतेसम्म चल्ने महोत्सवमा
नविनतम निर्माण उपकरण तथा सामाग्रीहरुको बृहत प्रदर्शनी एवं बिक्रीका साथै बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनको प्रदर्शनी र बिक्री गरी आर्थिक क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । महाेत्सवमा हेटाैंडा आइडलकाे पनि आयाेजना भइरहेकाे छ ।