मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले भ्रष्टाचार बिरुद्धको कारवाहीको बिकल्प नभएको बताउनुभएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसको अवसरमा सोमबार हेटौंडा स्थित कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।

प्रदेश प्रमुख देवकोटाले भ्रष्टाचार जधन्य अपराध भएको भन्दै प्राप्त अधिकारको दुरूपयोग गरी देश, जनता र शुसासनको बिरूद्व नैतिकता र कानुन बिपरित जाने जो कोहि बिरुद्ध सुक्ष्म अनुसन्धान र निष्पक्ष कारवाही प्रकृया अघि बढाउनु पर्ने बताउनुभयो । भ्रष्टाचारीले कुनैपनि हालतमा मुक्ती पाउन नहुने भन्दै उहाँले भ्रष्टाचार हुन नदिन ईमान्दारीता, पारदर्शिता र शुसासनका बिषयवस्तु बिध्यालय र कलेजका पाठ्यक्रमा समेत समावेश गरिनु पर्ने साथै अख्तियारी वा निर्णय गर्ने हैसियतका सम्पुर्ण ब्यक्तीहरुलाई नियमित रुपमा सम्भाबीत भ्रष्टाचार रोक्न परामर्ष अर्थात काउन्सीलीङ कक्षाहरु संचालन गरिनुपर्ने बताउनुभयो ।
प्रदेश प्रमुख देवकोटाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई साना÷साना भ्रष्टाचारका मुद्दामा हातहालेर संख्यात्मक विबरण पेश गर्ने तर ठुला र संस्थागत भ्रष्टाचारका मुद्दाहरूमा हात हाल्न हिचकिचाउने भन्ने आरोपहरु लाग्ने गरेको भन्दै यी आरोपलाई गलत सावित गराउन साना÷ठुला सवैखाले भ्रष्टाचारी माछाहरुलाई पक्रिन सक्नु पर्ने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले देश विकासको आधारनै भ्रष्टचार रहित सरकार भएको बताउनुभयो । उहाँले प्रदेश सरकार न्याय प्रणालीको सुदृढीकरण र प्रशासनिक क्षेत्रमा सुधारको लागि अघि बढिरहेको दाबी समेत गर्नुभयो ।
अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय हेटौंडाका कार्यालय प्रमुख उमाकान्त आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थलगायतको आतिथ्यता रहेको थियो । स्थापना दिवसको अवसरमा कार्यालयले अख्तियार सेवा पुरस्कारबाट ४ जना कर्मचारीलाई नगद सहित सम्मान गरेको छ ।