मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले वर्तमान सरकारलाई गल्ती गर्ने छुट नरहेको बताउनुभएको छ । बिहीबार मकवानपुरको राक्सिराङ गाउँपालिकाको १७औं हिउँदे अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
मुख्यमन्त्री लामाले नागरिकको आवश्यकता अनुसारको विकास र गुणस्तरिय सेवा सहज रुपमा प्रदान गर्नु वर्तमान सरकारको दायित्व रहेको बताउनुभयो । आन्तरिक समस्या र कानुनी अड्चन सुल्झ्याएर नागरिकको आवश्यकता अनुसारको विकासका काम गर्नुपर्ने उनको भनाई छ । सरकारले रणनीतिक आयोजनाहरु निर्माण गरेर काम गर्न जरुरी रहेको बताउनुभयो ।
मुख्यमन्त्री लामाले विकट क्षेत्रका नगरिकलाई विकासमा जोड्ने गरि प्रदेश सरकारले योजना तयार गर्ने साथै सिमान्तकृत वर्गको नागरिकको जिवनस्तर सुधारका लागि सरकारले रणनीतिक योजना कार्यान्वयन गर्ने बताउनुभयो । चेपाङ समुदायको विकास र उत्थानका लागि संरक्षित क्षेत्र घोषणा गरि कार्यक्रम कार्यान्वयनको चरणमा सरकार रहेको भन्दै परम्परा र संस्कृति संरक्षणमा प्रदेशले काम गर्नेगरी अघि बढेको बताउनुभयो । आर्थिक उपार्जनमा नागरिकलाई जोड्न विषेश पकेट क्षेत्र मार्फत काम गर्नेपर्ने मुख्यमन्त्री लामाले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले निर्वाचन पछि राजनीतिक विचारभन्दा माथी रहेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहका प्रमुख÷उपप्रमुखले संघ तथा प्रदेश सांसदसंग समन्वय गरेर अघि बढ्नु पर्ने बताउनुभयो । प्रमुख सचेतक बर्तौलाले अघिल्लो सरकारले बनाएको बजेटमा काम गर्दा केहि असहजता भएको बताउनुभएको छ । उहाँले नागरिकहरुमा सहज सेवा प्रदान गर्नेगरी सरकारले काम गरिरहेको समेत बताउनुभयो ।