हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर– २ (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँले मतदान गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले आइतबार विहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१८ को कमला आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा पुगी मतदान गरेका हुन् ।
बानियाँ क्षेत्र नम्वर–२ का उम्मेदवार भएपनि मतदान भने क्षेत्र नम्वर–१ मा गरेका हुन् । यसैगरी नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ प्रदेश सभा (ख) सदस्य पदका उम्मेद्बार लाल बहादुर थापाले राक्सिरङ्ग गाउँपालिका वडा नम्बर–३ सुर्यदय माबि पलासेको मतदान केन्द्रबाट गरे मतदान गरेका छन् । उनले सबै मतदाताहरुलाई समय अवधिभरमा मतदान गर्न पनि आग्रह गरेका छन् ।