मकवानपुर – नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला कमिटि मकवानपुर र भुटनदेवि युवा क्लवको संयुक्त आयोजनामा भएको खुल्ला नकआउट ७ ‘ए’ साइट फुटबलको उपाधि बसामाडी आरआरआर एफसीले जितेको छ । शनिबार भएको फाईनल खेलमा हर्नामाडी कमलदेव युवा क्लवलाई ट्राईब्रेकरमा ३–२ गोलको अन्तरले पराजित गर्दै आरआरआर एफसीले उपाधि उचालेको हो ।
हेटौंडाको हुप्रचौरमा भएको फाइनल खेलमा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । विजयी आरआरआर एफसीले उपाधिसँगै नगद ५० हजार सहित सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । भने, उपविजेता हर्नामाडीले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र ग¥यो । प्रतियोगिताको म्यान अफ दि म्याच र बेष्ट गोल किपर आरआरएफसीका गोपि बर्तौला घोषित भए् । भने उत्कृष्ट डिफेन्स विकाश वाइवा, उत्कृष्ट मिडफिल्डर आरआर एफसीका सुनिल घलान, बेष्ट फरवार्ड विजय दोङ र समिराज थोकर म्यान अफ द सिरिज घोषित भएका छन् ।
प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहेको थियो । संस्थाले स्थानिय स्तरमा रहेका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गराउनुका साथै आन्तरिक खेलकुदको विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरेको हो । महासंघ मकवानपुरका अध्यक्ष सविन लामाको अध्यक्षतामा भएको प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आथित्यता रहेको थियो ।