मकवानपुर – नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलालले परमादेशबाट गठन भएको ५ दलीय गठबन्धन नामको परमादेशी मोर्चालाई आगामी निर्वाचनमा जनताको मोर्चाले परास्त गर्ने दावी गर्नुभएको छ । शनिबार नेकपा एमाले १० नम्बर वडाको पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा उहाँले गठबन्धन जनादेश नभइ परमादेशबाट देश चलाउने र आफ्नो महत्वकांक्षा पुरागर्न अघि बढेको भन्दै आगामी निर्वाचनमा जनताले त्यसको हिसाब गर्ने बताउनुभयो ।
मुलुकमा समृद्धि र विकास गर्ने पार्टी एमाले भएको उहाँको भनाई थियो । उहाँले एमालेले जस्तोसुकै शक्तिको समाना गरेर जनताको सेवा गर्ने दृढसंकल्प गरेको पार्टी भएको भन्दै एमाले सरकारका पालामा भएका कामहरु नै लिएर जनताको माझमा जानुपर्ने बताउनुभयो । मुलुक बिकास र समृद्धीको बाटोमा हिडन चाहेको भन्दै उहाँले बिकास र समृद्धीको अगुववाई एमालेले नै गर्ने बताउनुभयो । एमाले १० नम्बर वडा कमिटी अध्यक्ष राजकुमार बिकको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य फुर्वा लामा, जिल्ला समस्य उमा सुनार, सुरेन्द्र बिस्ट, इश्वर मैनाली, धर्म बस्नेत, बिना लामा, जिल्ला परिषद सदस्य किताब सिङ्ह लामालगायतको उपस्थिती थियो ।