मकवानपुर – मकवानपुरको भिमफेदि गाउँपालिकामा नेकपा माओवादी केन्द्रका पुर्व सह—कमाण्डर ईश्वर बर्तौला नेकपा एमाले प्रवेश गर्नुभएको छ । नेकपा एमाले भिमफेदी गाउँपालिकाको आयोजनामा भएको प्रशिक्षण कार्यक्रमका बिच बर्तौला एमाले प्रवेश गर्नुभएको हो ।
नेकपा एमाले बाग्मती प्रदेश कमिटीका उप—सचिव महेश बर्तौलाले कमाण्डर ईश्वर बर्तौलालाई स्वागत गर्नुभएको हो । एमालेमा प्रवेश गर्नुभएका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै देशमा समृद्धि ल्याउन र नेपाली जनतालाई सुखी बनाउन सक्ने पार्टी भनेकै नेकपा एमाले पार्टी भएको बताउनु भयो । एमालले प्रवेश गर्ने जोसुकैले दुःख नपाउने समेत उद्घोष गर्नुभयो । नेकपा एमाले पालिका अध्यक्ष सानु थापा मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा एमाले बागमती प्रदेश कमीटी सदस्य भगवती पुडासैनी, पार्बती राना, जिल्ला उपसचिव हिदम लामालगायतको आतिथ्यता थियो । देश स्थानिय निर्वाचनमा होमिदै गर्दा देशै भरि विभिन्न पार्टीका नेता तथा कार्यकर्ता पार्टी छोड्ने र एमालेमा जोडिने क्रम बढ्दो छ ।