स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले रियल भालाडोलिकलाई हराएर महत्वपूर्ण तीन अंक बटुलेको छ । एट्लेटिकोले रियल भालाडोलिडलाई १–० गोलले हराएको हो । जितसँगै एट्लेटिको तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका भिटोलोले ८१ औँ मिनेटमा गोल गर्दै एट्लेटिकोलाई जित दिलाएका हुन् । एट्लेटिकोले दर्शकबिहीन घरेलु मैदानमा पहिलो पटक खेलेको हो । जितसँगै एट्लेटिकोले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई बलियो बनाएको छ । ३० खेलबाट ५२ अंक जोड्दै एट्लेटिको तालिकाको तेस्रो स्थानमा छ ।
भालाडोलिक ३३ अंक सहित तालिकाको १५ औँ स्थानमा छ । त्यस्तै लेभान्टेले स्प्यानियोललाई ३–१ ले हराएको छ । एट्लेटिको बिल्बाओले रियल बेटिसलाई १–० ले हराउँदा गेटाफे र ईबरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।