हेटौंडा । मकवानपुर प्रहरीले एक क्वीन्टल भन्दा बढी लागू औषध गाँजा सहित १ जना भारतिय नागरिकलाइ पक्राउ गरेकाे छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका–३ तिनताप्केबाट १११ किलो लागू औषध गाँजा सहित १ जना भारतिय नागरिकलाइ पक्राउ गरिएको हाे ।

पुर्व पश्चिम लोकमार्ग स्थित हेटौंडा उपमहानगरपालिका–३ तिनताप्केमा सवारी साधनहरु रोकी चेकजांच गर्ने क्रममा प्रहरीले ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको जनाएकाे छ । मनहरी तर्फबाट बिरगन्ज तर्फ जादै गरेको बा १० च ५३३ नंम्बरको योद्धा पिकअप गाडी र गाडी चालक भारत मोतिहारी चैनपुर ढाका थाना बस्ने ३० वर्षिय महोमद समिरलाई गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताउनभयाे । गाडीको ढालामा बालुवा र मलले छोपि लुकई छिपाई गरी ल्याईएको अवस्थामा लागू औषध गाँजा १११ किलो फेला परेको हुंदा उक्त गाँजा, पिकअप गाडी र चालक महोमद समिरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।