हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरले सदस्यता वितरणका क्रममा पक्षपात गरेको भन्दै आज महासंघका दुईवटा कार्यालयमा तालावन्दी गरिएको छ । प्रेस चौतारी मकवानपुर साखाको अगुवाइमा महासंघको बागमती प्रदेश र मकवानपुर शाखा कार्यालयमा तालावन्दी गरिएको हो ।
प्रेसचौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा महासंघको कार्यालयमा तालावन्दी गरिएको छ । पक्षपाती ढंगले क्रियासिल पत्रकारको सदस्य वितरणमा महासंघ मकवानपुर साखा, बागमती प्रदेश समिति र केन्द्रीय समितिले समेत वेवास्ता गरेको र पत्रकारिता क्षेत्रमा कामै नगरेकाहरुलाई महासंघको सदस्य बनाएको भन्दै अनिश्चितकालिन तालावन्दी गरिएको प्रेस चौतारीले जनाएको छ ।