हेटौंडा । बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना कार्यान्वयनको सुचिमा हेटौंडा–काठमाडौं ४२ किलोमिटरको पोडवे पनि समावेश रहेको छ । सत्तारुढ दलका मुख्य सचेतक एवम् एमाले साँसद महेश वर्तौलाले सदनमा हेटौंडा–काठमाडौं सार्बजनिक यातायात पोडवे संचालन गर्नुपर्ने वताएका थिए ।
१९८२ सालमा नै हेटौंडाको चौकिटोल देखि काठमाडौंको टेकु भन्सार सम्म रोपवे संचालन भएको थियो । यो रोपवे भिमफेदी–कुलेखानी भएर यात्रा गर्दा बाटोबाट तारमा झुण्डिरहेको डिब्बा देख्न सकिन्छ । यो जिर्ण अवस्थामा भएको रोपवेकै ठाउँमा आधुनिक सार्बजनिक यातायातको साधन पोडवे संचालन गर्न सकिन्छ भनेर वर्तौलाले बिषय उठान गर्दै आइरहनु भएको हो ।
प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणको बिआरआई कार्यान्वयनको सुचिमा यो परियोजना समाबेश रहेको छ । प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जानुपुर्व यी लगायत धेरै वटा परियोजनाहरु हिजै मन्त्रीपरिषदको बैठक राखेर एजेन्डाको रुपमा पास गरिसकेको छ । बिआरआइमा यो परियोजना हस्ताक्षर भएर कार्यान्वयन हुन सके हेटौंडा(काठमाडौंको जोखिमपूर्ण यात्रा सहज यात्रामा परिणत हुनेछ ।
अहिले हेटौंडाबाट काठमाडौं जाँदा करिव ३ घण्टा भन्दा बढी जोखिमपूर्ण यात्रा गर्नुपर्ने वा नारायणघाट(मुग्लिन भएर यात्रा गर्नुपर्ने बाध्यता छ । यो पोडवे संचालनमा आउँदा करिव आधा घण्टाकै समयमा हेटौंडा(काठमाडौं यात्रा गर्न सकिन्छ । यसले काठमाडौंसंग हेटौंडा लगायत आसपासका जिल्ला र प्रदेशहरु तथा छिमेकी राष्ट्र भारतको पहुँच वृद्धि हुनेछ ।