हेटौंडा । हेटौंडा–९, स्थित संवेदनशील टोल विकास संस्थाले प्रगति माध्यमिक विद्यालयलाई एक थान वाटर डिसपेन्सर सहयोग गरेको छ । संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर आज विद्यालयलाई वाटर डिसपेन्सर हस्तान्तरण गरेको हो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाका पदाधिकारी, सदस्य तथा सल्लाहकारको उपस्थितिमा अध्यक्ष नबराज कोइरालाले विधालयका व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछाने र प्राचार्य निरन्जन ढकाललाई संयुक्त रूपमा डिसपेन्सर हस्तान्तरण गर्नुभयो । कार्यक्रममा विद्यालयका प्राचार्य ढकालले संभवत हेटौंडा–९ को टोल विकासको तर्फबाट पहिलो तथा अति आवश्यक सामाग्री हस्तान्तरण गर्नु भएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सामुदायिक विधालय सबैको साझा भएको भन्दै विद्यालयलाई सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा विधालयका सहायक प्रधानाध्यापक किशोर पराजुली, संस्थाका पदाधिकारी ,सदस्य एवम् सल्लाहकारहरूको उपस्थिति रहेको थियो ।