हेटौँडा । बागमती प्रदेश सरकारले चालु १४ औँ वर्षे अधिवेशन अन्त्यको लागि सिफारिस गरिएकाे छ । मङ्गलवार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले चालु अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय गरेकाे हाे । 

प्रदेश मन्त्रिपरिषदको बैठकले असोज १६ गते बुधबार रातको १२ बजेबाट अधिवेशन अन्त्य हुने गरि सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभएको छ । मन्त्री लामिछानेले २०८१ वैशाख ३१ गतेबाट सुरु भएको वर्षे अधिवेशन संविधान को धारा १८३ को उपधारा २ बमोजिम अन्त्यका लागि सिफारिस गरेको जानकारी दिनुभयो ।