सिन्धुली– बागमती प्रदेश सरकारले आबास विहीन मुसहर समुदायको लागि सिन्धुलीको दुधौलीमा निर्माण गरेको एकिकृत बस्ती हस्तान्तरण गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गरेका ३५५ वटा घर बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण गर्दै मुख्यमन्त्री पौडेलले जनताको साथमा सरकार सधैं रहेको बताउनुभयो । बस्ती बिकाशलाई प्राथमिकता राखेर एकीकृत बस्ती बिकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रदेश सरकारको उपस्तिथि गाउँ गाउँमा हुन थालेको उहाँको भनाई थियो । निर्माण हुन बाकी रहेका स्थानमा पनि छिटो घरहरू निर्माण हुने उहाले जानकारी दिनुभयो ।

सरकारले जनता आवास कार्यक्रम अन्तर्गत एकीकृत बस्ती विकास अनुसार सिमान्तकृत समुदायका लागि घर निर्माण गरिएको उहाँको भनाई छ । सरकारले दुधौली नगरपालिका वडा नम्बर ४ मा ९ वटा, वडा नम्बर ५ मा ४ वटा, ६ नम्बर वडामा २ वटा, ७ नम्बर वडामा ३० वटा, ९ नम्बरमा १८० वटा, १० नम्बर वडामा ५० नम्बर ११ वडामा ८० वटा घर निर्माण गरीएको शहरी बिकास कार्यालय सिन्धुलीका कार्यालय प्रमुख दुर्गाप्रसाद घिमिरेले बताउनुभयो । ११ करोड २२ लाख रुपैयाँ लागतमा घर निर्माण भएको जानकारी दिनुभयो ।

हाल दुधौलीमा ५९० परीवार लाभग्राही रहेको उहाँले जानकारी दिनुभयो । अन्य लाभग्राहीका लागि थप प्रदेश सरकारले निर्माण गरेको नगरपालिकाका ३५५ वटा घर भएकाे मुसहर बस्तीको घरको साँचो संविधान दिवशको अवसर पारेर मुख्यमन्त्री डोरमणि पौडेलले हस्तान्तरण गर्नुभएको हो ।

प्रदेश सरकारले आबास विहीन अति सिमान्तकृत माझी, मुसहर, बोटे र चेपाङलगायतका लागि प्रदेशका अन्य स्थानमा पनी एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएको छ । कार्यक्रममा भौतिक पुर्वाधार बिकास मन्त्री रामेश्वर फुयाल, प्रतिनिधि सभा सदस्य, संविधान सभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुख, विभिन्न स्थानीयतहका प्रमुखलगायत जनप्रतिनिधिहरू सहभागी हुन्हुन्थ्यो ।