मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले पाँचौं संविधान दिवश (राष्ट«य दिवश ) का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । नेपालको इतिहासमै नेपाली नागरिक सहभागि भएर संविधान सभाबाट निर्मित र राष्ट्रपतिबाट जारी भएको संविधानको पाँचौ वर्ष पुरा भएको अवसरमा सामाजिक सञ्जाल मार्फत प्रमुख खुलालले शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रमुख खुलाले जनअधिकार सहितको संविधान प्राप्तिको लडाईमा जिवन अर्पण गर्ने तमाम ज्ञात अज्ञात सहिदहरु प्रती हर्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शुभकामना संदेशमा भन्नुभएको छ –“जनअधिकार सहितको संविधान प्राप्तिको लडाईमा जिवन अर्पण गर्ने तमाम ज्ञात अज्ञात सहिदहरु प्रती हर्दिक श्रद्धाञ्जली अर्पण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पाँचौ संविधान दिवसको अवसरम सबै प्रती हार्दिक सुभकामन व्यक्त गर्दछु ।”