मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले सरकारले जारी गरेको लकडाउनको पालना गर्न आव्हान गर्नुभएको छ । प्रमुख खुलालले विश्वलाई नै त्रसित बनाएको कोरोना भाइरसबाट बच्न सङ्घीय सरकारले जारी निर्देशनलाई अक्षरश पालना गर्न सम्पुर्णमा आह्वान गर्नुभएको छ ।
प्रमुख खुलालले लकडाउनको पालना नगर्ने काम गरेर अकल्पनिय दुर्घटना ननिम्तयाउ आग्रह गर्नुभएको छ । सरकारको यो निर्णय हाम्रै लागि भएको भन्दै उहाँले अक्षरश पालना गर्न आव्हान गर्नुभयाे । तीनवटै तहको सरकार तथा सर्वसाधारणको एकता नै महामारीविरुद्धको बलियो हतियार भएको भन्दै त्यसको पुर्ण पालना गर्न प्रमुख खुलालले आव्हान गर्नुभयो । उहाँले अतिआवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन बिशेष आव्हान गर्नुभएको छ । त्यस्तै स्थानिय तहमा वडा तहका जनप्रतिनिधिहरुलाइ गाँउमा बाहिरबाट आउने व्यक्तिको निगरानि गर्न, स्थानीय तहलाइ अतिआवश्यक बाहेकका पसल बन्द गर्न, भिडभाडलाई हुन नदिन, अस्पतालमा सामान्य खालका बिरामीहरुलाइ नजान, समझदारी/जिम्मेवारी र जानकारी लिएर मात्र सामाजिक संजाल तथा संचार माध्यमहरुमा सुचना संप्रेषण गर्न, काेहि कसैलाइ आतङ्कित बनाउने कृयाकलाप नगर्न आव्हान गर्नुभएको छ । जनताको हितमा सरकारले लकडाउनको निर्णय गरेको हुनाले सरकारको निर्णयको परिपालना गर्न सम्पुर्णमा आव्हान गर्नुभयाे । भविस्यमा हुने ठुलो बिपतिको सभावन प्रती हेचेक्र्याइ नगर्न प्रमुख खुलालले बिशेष आग्रह गर्नुभयाे ।