मकवानपुर–जिल्ला समन्वय समिति प्रमुख खुलालले मकवानपुरमा स्थापना भएको कोरोना आपतकालीन कोषमा रकम जम्मा गरेर सहयोग गर्न सम्पुर्णमा आव्हान गर्नुभएको छ । मकवानपुरमा स्थानीय तहहरुको सल्लाह बमोजिम कोरोना नियन्त्रण तथा रोकथामका लागि कोष स्थापना भएको भन्दै ईच्छा हुने अन्य व्यक्ति एवम् संघ,संस्थालाई समेत कोषमा सहयोग गर्न आव्हान गर्नुभएको छ ।
कोषमा रकम जम्मा गर्न ईच्छुक व्यक्ति एवम् संघ, संस्थालाई हेटौंडा–४ कान्तिराजपथ स्थित कृषि विकास बैंकमा “कोरोना आपतकालीन कोष मकवानपुर” को खाता नम्बर ०५०८३०१६०६९५२०१० मा रकम जम्मा गर्न आव्हान गर्नुभएको छ । साथै कोहि व्यक्ति एवम् संघ, संस्थाहरुले स्वास्थ्य सामग्री प्रदान गर्न चाहेमा समेत जिल्ला समन्वय समिति मकवानपुरमा सम्पर्क गर्न सक्नुहुने उहाँले जानकारी दिनुभएको छ । सोमबार बसेको जिल्ला समन्वय बैठकले जिल्लामा कोषको आवश्यक्ता भएको भन्दै स्थानीय तहहरु र प्रदेश सरकारको समेत सहयोग रहने गरि २५ लाख बराबरको “कोरोना आपतकालीन कोष मकवानपुर” स्थापना गरिएको थियो । कोषको रकम कोरोना रोकथामका निम्ति लड्न आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), स्वास्थ्य उपकरणका साथै क्वारेन्टाइन र आइसोलेसन निर्माणलगायत अत्यावश्यक सामग्री र स्वास्थ्य व्यवस्थाको प्रबन्ध मिलाउन खर्च गरिने प्रमुख खुलालले बताउनुभयो ।