हेटाैंडा– बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारले अनुमान गरेको आय र व्यय दुवै यथार्थपरक भएको बताउनुभएको छ । प्रदेश सभाको शुक्रबारको बैठकमा राजश्व आया र व्ययमाथि सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले सरकारले अनुमान गरेको आय र व्यय दुवै यथार्थपरक भएको बताउनुभएको हो ।
उहाँले ५१ प्रतिशत आय भइसकेको भन्दै चालु वर्षको चैत्र मसान्त सम्म ३२.७ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । मन्त्री ढुंगेलले असार मसान्तसम्म ८०.८५ प्रतिशत बजेट खर्च हुने बताउनुभयो । यस्तै विपद् व्यवस्थापनको लागि आवश्यक बजेट छुट्टाएको र कोभिडको कारण पर्यटन, उद्योग, सवारी लगायतको क्षेत्रमा आवश्यक छुट दिएको बताउनुभयो । मन्त्री ढुंगेलले बागमती प्रदेशको संचार माध्यमलाई संघ सरकारले जस्तै सोही अनुसारको करमा छुट दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बागमती प्रदेश सभाको अर्को बैठक शनिबार बिहान साढे ११ बजे बस्नेछ ।