फाइल फाेटाे

मकवानपुर – गत बिहिबारदेखि लगातार परेको अबिरल वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा पहिरो जाँदा हेटौंडाबाट काठमाण्डौ जाने चार वटै सडक ठाउँ ठाउँमा अबरुद्ध भएको छ । भीमफेदी–कुलेखानी सडक, त्रिभुवनराजपथ, कान्तिलोकपथ र मुग्लीन नारायणगढ सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अबिरल वर्षाका कारण त्रिभुवन राजपथको हेटौडा–भैसे सडक खण्ड अन्तर्गत भिमफेदी– १ बाघझोरा, त्रिभुवन राजपथ कै (भैसे–पालुङ–नौबिसे सडक खण्ड) भिमफेदी– ९ अघोर, थाहा– ६ खानीगाउँ, थाहा नगर–१२ गैरीगाउँमा पहिरो जाँदा हेटौंडाबाट पालुङ जोडने सडक खण्ड पनि अबरुद्ध बनेको प्रहरीले जनाएको छ । यता काठमाडौं जोडने छोटो दुरीको मार्ग भैस–भिमफेदी–फाखेल र सिस्नेरी सडक खण्ड अन्तर्गत भिमफेदी–२ पान्द्राङ, सोहि सडकखण्डको भिमफेदी– ६ गढी, देराली, फाखेल सडकखण्ड अन्तर्गत ईन्द्रसरोबर– ४ महालक्ष्मीखोला, ईन्द्रसरोबर– २ कुलेखानीमा पहिरो जाँदा सडकखण्ड अवरुद्ध बनेको छ ।
त्यसैगरी कान्तीलोकपथ अन्तर्गत भिमफेदी–८ गंगटे, कालो पहिरोमा पहिरोले कालोपत्रे बगाउदा मकवानपुर भएर काठमाडौं जोडने सबै मार्ग अबरुद्ध भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । यता पहिरो जाँदा कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाडामा पहिरो गएको जनाइएको छ । यसैगरी पूर्वपस्चिम राजमार्ग अन्तरगत मुग्लीन नारायणगढ सडक अबरुद्ध भएको छ । चारवटै सडक अबरुद्ध भएपछी यस सडकबाट सवारीका साधन ओहोर दोहोर गर्न सकेको छैन । लगाताको बर्षाका कारण पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ ।