सुनको मुल्य आज तोलाको एकलाख ६० हजार ७ सय रुपैयाँ पुगेकाे छ । केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको हाे ।

हिजो तोलाको एकलाख ६० हजार चार सय रुपैयाँ रहेको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले बढेर एकलाख ६० हजार सात सय रुपैयाँ पुगेको हो । यस्तै चाँदीको भाउ भने हिजोजस्तै एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।