एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा भारत र पाकिस्तानबीचकाे खेल शुरु भएकाे छ । हिजाे साेमवार वर्षाका कारण राेकिएकाे खेल अहिले शुरु भएकाे हाे ।
वर्षा राेकिएपछि मैदानकाे निरीक्षण गर्दै अम्पायरहरूले खेलमा ओभर कटाैती नहुने बताएका छन् । हिजाे खेल राेकिँदा भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाएकाे थियाे । भारतले यही अवस्थाबाट ब्याटिङ थालेकाे छ ।
अहिले क्रिजमा विराट काेहली र केएल राहुल छन् । भारत र पाकिस्तानबीचकाे खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा आजका लागि ‘रिजर्भ डे’ राखिएको थियो ।