मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदिय दलका नेता बहादुर सिंह लामालाई नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार लामालाई आज मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो ।
लामाले आजै कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको थियो । प्रदेश प्रमुख शर्माले आज मंगलबार ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार बहुमतको सरकार गठनका लागि आइतबार आह्वान गर्नु भएको थियो ।
नुवाकोटका लामा बागमतीको पाँचौं मुख्यमन्त्रीका रुपमा नियुक्त हुनुभएका लामाको सपथ ग्रहण भोलि बुधवार ११ बजे प्रदेश प्रमुख कार्यालयमा हुने बताइएको छ । लामाले भोलि नै कांग्रेसका ६ र एमालेका ६ मन्त्रीसहित १३ सदस्यीय मन्त्रीपरिषदलाई एकै पटक पूर्णता दिने तयारी समेत गर्नुभएको कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिनुभयो ।