मकवानपुर– मकवानपुर उद्योग वाणिज्य (मउवा) संघले लकडाउन अवधिभरको बैंकव्याज मिनाह गर्न माग गरेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै संघले व्यवसायीले लिएका कर्जाको लकडाउनको अवधिको व्याज छुटको माग गरेको हो ।
लकडाउनका कारण व्यवसाय पूर्णतः बन्द भएको भन्दै प्रेस विज्ञप्ति मार्फत संघले लकडाउन अन्त्य भएपछि व्यवसायीलाई थप कर्जा दिन र कर्जाको व्याजदर पनि लकडाउन अघिको भन्दा ५ प्रतिशतसम्म कम दरमा दिन माग गरेको छ । निरन्तर करमार्फत योगदान गरेका उद्योगी व्यवसायीहरुलाई सहुलियत प्रदान गर्न नेपाल सरकार र राष्ट्र बैंकसँग संघले विज्ञप्ती मार्फत आग्रह गरेको छ ।
त्यस्तै संघले लकडाउनकै बीचमा सञ्चार माध्यममा सार्वजनिक भएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दहालले “व्यवसायीले नाफा लुकाउने भएकोले व्याज छुट दिन हुन्न” भनेको खबर प्रति ध्यानाकर्षण भएको जनाएको छ । साथै गैरजिम्मेवार टिप्पणीप्रति खेद प्रकट गर्दै संघले भनेको छ– “ठूलो अर्थतन्त्र भएको देशमासमेत आर्थिक संकटको भयावह अवस्था आउनसक्ने आँकलन भइरहँदा नेपालका उद्योगी व्यवसायीहरु पनि चोटग्रस्त अवस्थामा रहेको समयमा यसरी व्यक्त गैरजिम्मेवार अभिव्यक्ति प्रति भत्र्सना गर्दछौं ।” ज्ञापनपत्र मार्फत संघले लकडाउन अवधिकाे बैंकव्याज मिनाह, लकडाउन खुल्ला भएपछि थप कर्जा र कर्जाकाे ब्याजदर साविकभन्दा ५ प्रतिशत कम गर्न आग्रह गरेकाे छ ।
