file photo

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल राजीनामा नदिने हुनुभएको छ । नेकपा माओवादी केन्द्र पदाधिकारीको आकस्मिक बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको माओवादी पदाधिकारीको आकस्मिक बैठकले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको हो । बैठकपछि सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीले नदिने र संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने निर्णय गरेको जानकारी दिनुभयो । सरकारलाई समर्थन गरेको कुनै एक दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।