मकवानपुर । हेटौंडामा शुक्रबार यात्रुबाहक बस दुर्घटना हुँदा ५२ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तरगत हेटौंडा–११, नबलपुरमा यात्रुबाहक बस अनियन्त्रित भइ दुर्घटना हुँदा ५२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चितवनबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९८०४ नम्वरको यात्रुवहाक बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो । घाइतेमध्ये एक जनाको अवस्थामा गम्भीर रहेको र उनलाई चुरेहिल अस्पतालमा सामान्य उपचारपश्चात भरतपुर अस्पतालमा रिफर गरिएको प्रहरी नायब उपरिक्षक कार्कीले बताउनुभयो ।
दुर्घटनामा परेर घाइते भएका मध्ये २७ जना हेटौंडा अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको र २१ जनाको हेटौंडास्थित चुरेहिल अस्पतालमा र ३ जनाको हेटौंडा अस्पतालमा उपचार भईरहेको कार्कीले बताउनुभयो । दुर्घटना भएको स्थानमा सडक निर्माणको काम भैरहेकोले चालक झुक्किएर बस आफैं अनियन्त्रित भई सडकबाट तल खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । कार्कीका अनुसार बसका चालक फरार रहेको र उनको खोजतलास कार्य जारी रहेको छ ।